माघेसंक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने भएको छ ।
माघेसंक्रान्ति नेपालीहरु आफैमा विषेस चाड हो । त्यसमा किसानहरुले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।
नुवाकोटको तारुकामा मल्लकालिन राज जयपृथ्वीबहादुर सिंहको पालादेखी चलिआएको गोरु जुधाई अहिले नुवाकोट रसुवा धादिङ र गोरखामा समेत फैलदै आएको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका ३ मा गोरु जुधाई मेलाको आयोजना हुने भएको छ ।
सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डको अगुवाईमा ५६ हल गोरु जुधाइको तयारी भएको जानकारी स्थानिय आयोजकहरुले गराएका छन ।
रसुवा नुवकोट पर्यटन समाजले सोमबार राजधानी पत्रकार सम्मेलन तारुका गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए ।
आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले एक दशक देखि नुवाकोटको तारुकामा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ । यस वर्षपनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २२ हल गोरु जुधाईने र रसुवा नुवाकोटको सीमाना बेत्रावतीमा १२ हलगोरु जुधाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस्तै नुवाकोटको पंचकन्या गाउँपालिका घलेगाउँमा ८ र धादिङको धुँवाकोटमा १४ हल गोरु जुधाइने कार्यक्रम छ । स्थानीय संस्कृतिलाई जीवित राख्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यी क्षेत्रहरुको प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्ष २०२० पार्ने अभियानमा समेत गोरु जुधायृ मेलाले सहयोग पुर्याउने आयोजकले जनाएका छन ।
पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा बोर्डका संचालक समिति सदस्य दिपक महत, पर्यटन व्यावसायी रामशरण थपलिया, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले बोलेका थिए ।