मुदाय लक्षित दिगो पर्यटन अभ्यास गरेर एशियामै नमुना काम गरेको भन्दै रैका टुर्सले ‘हस्पिटालिटी एण्ड ट्राभल्स अवार्ड २०१९’ प्राप्त गरेको छ ।
भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्टले नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा ट्राभल्सका प्रवन्ध निर्देशक अमर बहादुर शाहीलाई भारतका पूर्व मन्त्री एवं राज्य सभाका सभासद् विजय गोयलले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
दुई दशक अघि स्थापित रैकाले नेपालमा पर्यटन भित्र्याउनुका साथै मध्यपश्चिम र सूदुरपश्चिमको एकीकृत पर्यटन विकासमा अगुवाई गर्दै आएको छ । पुरस्कृत भएपछि टुर्सका प्रवन्ध निर्देशक शाहीले भने, ‘यस सुखद् खबरले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने छ ।’
रैकाले ‘वाइल्ड वेस्ट’ अभियान मार्फत् पश्चिम नेपालको एकीकृत पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको छ । त्यस्तै उसले ग्रिन फारवेस्ट अभियान अन्तर्गत सन् २०१० देखि वर्सेनी सुदूरपश्चिममा बृक्षरोपण अभियानमा डेढ लाख विरुवा रोपिसकेको छ ।
रैकाले सन् २०१३ देखि ‘सेभ दि टाइगर’ अभियान पनि चलाउँदै आएको छ । शाहीले निरन्तर वाइल्ड वेस्ट अभियान मार्फत् पर्यटन विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । निजि क्षेत्रमा भैरहेको प्रयासमा केन्द्र र प्रदेश सरकारले पनि सहकार्य गर्नु पर्नेमा उनको जोड छ ।