बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको सयुक्त आयोजनमा पहिलोपटक काठमाडौंको पशुपतीदेखी नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डोसम्म बुलेट मोटरबाईक यात्रा गरिएको छ।
कर्णालीको पर्यटन प्रवद्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका छन्।
काठमाडौबाट डोल्पाको दुनैसम्म बुलेट र्यालि पुग्ने भएको हो। शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट रयाली एक साता लगाएर डोल्पाको फुक्सोन्डो तालसम्म पुग्ने छ।
शुत्रबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरेका हुन्।
विदाई गर्दै पर्यटन राज्यमन्त्री बुढाले भने नेपाल सरकारले मनाउ गरिसकेको भिजीट नेपाल २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए।
उनले भने ‘कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो। जबसम्म कर्णालीको पर्यटन क्षेत्रहरुमा पर्यटकको रोजाईमा पर्न सक्दैन तबसम्म कर्णालीको विकासले गती लिन गाह्रो हुन्छ।’ यसका लागी सबै तहबाट लाग्नुपर्ने बुढाले बताए।
काठमाडौंबाट हिडेको राईडरको टोली पहिलो दिन दाङ, दोस्रो जाजारकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ।
त्यसपछि टोली फोक्सुन्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले बताए।
मोटरसाईकल र्यालीमा बाह्र ओटा मोटरसाईकल रहेका छन्। नेपालको पर्यटन प्रवद्धनका लागी नासा क्लवले भर्खरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो।
यसअघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला नाकासम्म पुगेको थियो।
प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ।
नेपालको पर्यटन प्रवद्धनमा नासाले उल्लेखीय भुमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।
शुक्रबार बिहान काठमाडौंबाट डोल्पा हिडेको राईडरलाई सुभकामना दिदै बुढाले पहिलोपटक यसरी डोल्पामा बुलेट राईड भएकोप्रति खुशि व्यक्त गरे।
जबसम्म केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तव्य स्थलसम्म सडक संजालले जोड्न सकिदैन तबसम्म कर्णालीको पर्यटनले गती लिन गाह्रो हुन्छ।
सोहीकारण पशुपतीदेखि फोकसुण्डोसम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।
मोटरसाइकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परमर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुम बहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहकार एवं ज्योतिविकास बैंकका प्रमृख कार्यकारी अधिकृत सिए मनोज ज्ञवली, मनघरी फाउण्डेशन सल्लाहकार डा रविन खड्का , समाजसेवी एव डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्य, ठुलीभेरी नगरपालीकाका उप प्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जगबहादुर बुढा, पर्यटन व्यवसायी जितेन्द्र झाक्रीले खादा ओढाएर विदाई गरेका थिए ।