अघिल्लो वर्ष नेपाल आएको पर्यटकको संख्याले रेकर्डनै राख्यो । नेपालको इतिहासमा सबैभन्दा बढी करिब १२ लाख पर्यटकले नेपाको भ्रमण गरेको तथ्याङ नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको थियो । यसलाई नेपाल सरकारले ऐतिहासिक भएको बताएको थियो ।
नेपाल भ्रमणमा सबैभन्दा बढी विदेशी पर्यटक विदा मनाउन आउने गरेका छन् ।
सन् २०१८ नेपाल भ्रमण गरेका जम्मा पर्यटकको ६० प्रतिशत अर्थात् करिब ७ लाख पर्यटक विदा मनाउनको लागि नेपाल रोजेका थिए । यो तथ्याङक सन् २०१७ मा विदा मनाउन आएका पर्यटकको संख्या भन्दा धेरै हो । सन् २०१७ मा ६ लाख ५८ हजार पयर्टन विदा मनाउनको लागि नेपाल आएका थिए ।
यस्तै गत वर्ष नेपालमा ट्रेकिङ र माउन्टेनियरिङको लागि १ लाख ८७ हजार ६ सय ९२ पर्यटक आएका थिए । यो जम्मा पर्यटकको १६ प्रतिशत हो । यो बाहेक नेपालमा धार्मिक पर्यटकको संख्या पनि बढीरहेको छ ।
सन् २०१७ मा १लाख ४१ हजार धार्मिक पर्यटक आएकोमा यो वर्ष १ लाख ६९ हजार भन्दा बढी धार्मिक उदेश्यले नेपाल भ्रमणका आए । यो जम्मा पर्यटकको तुलनमा १४.४ प्रतिशत हो । बाँकी पर्यटक भने अन्य प्रयोजनका लागि नेपाल आएका थिए ।
गत वर्ष १५ लाख पर्यटकले ललुम्बिनी भ्रमण गरेका थिए । यो मध्ये ७६.२ प्रतिशत नेपाली थिए भने करिब १३ प्रतिशत भारतिय र ११ प्रतिशत तेस्रो मुलुकका पर्यटक थिए । त्यस्तै, १ लाख ६३ हजार ३ सय ११ जना तेस्रो मुलुकका पर्यटकले पशुपतिको भ्रमण गरेका थिए ।