सन् २०१९ को चार महिनामा ४ लाख ४५ हजार १०९ जना विदेशीले नेपाल भ्रमण गरेका छन्। याे संख्या अघिल्लाे वर्षको तुलनामा १५ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डकाअनुसार याे चार महिनामा भारतबाट आउने पर्यटक अघिल्लाे वर्षको तुलनामा १९ प्रतिशतले बढेका छन्। चार महिनामा ४४ हजार ८२७ भारतीय नेपाल भ्रमण गरेका छन्।
श्रीलंकबाट नेपाल आउने पर्यकट अघिल्लाे वर्षको तुलनामा ५५ प्रतिशतले बढेका छन्। बंगलादेशबाट ३३ प्रतिशतले बढेका छन्। समग्रमा दक्षिणा एसियाली देशबाट नेपाल आउने पर्यटक १९ प्रतिशतले बढेका छन्। यो बीचमा कूल ९७ हजार १६८ जना दक्षिण एसियाली देशबाट नेपाल आएका छन्।
याे बीचमा संख्याको हिसाबले सबैभन्दा बढी चिनियाँ पर्यकट आएका छन्। याे बीचमा ६४ हजार ५७८ जना चिनियाँले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्षको तु्लनामा २० प्रतिशतले बढेका छन्। बाैद्ध धर्मालम्बी बाहुल देश थाइल्यान्ड, दक्षिण काेरिया र जापानबाट क्रमश: ४३, ७ र १७ प्रतिशतले पर्यटक बढेका छन्।
चार महिनामा ८५ हजार युराेपियनले नेपाल भ्रमण गरेका छन्। याे २.७३ प्रतिशतले बढी हो।
याे बीचमा अमेरिकाबाट ३२ हजार ७४० जनाले नेपाल भ्रमण गरेका छन्।