इतिहासमै पहिलोपटक नेपाल भारत र चीनकी महिलाले सयुक्तरुपमा सगरमाथा आरोहण गर्ने भएकी छन्। महिला सशक्तीकरण र भातृत्वको सन्देशलाई विश्वव्यापीकरण गर्न भन्दै सगरमाथा आरोहण गर्न लागिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
सयुक्त आरोहण दललाई १७ पटक सगरमाथा आरोहण गरिसकेका पेमा दोर्जे शेर्पाले गर्ने छन्।
यो आरोहणबाट पनि भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने पर्यटन बोर्डंको विश्वास रहेको छ। उक्त भ्रमण टोलीलाई भिजिट नेपाल २०२० को झन्डा हस्तान्तरण गरिसकिएको छ। प्रधानमन्त्री केप ीओलीको हस्ताक्षरसहितको झन्डा आज हस्तान्तरण गरिएको हो।
आरोहणमा नेपालबाट कान्छीमाया तामाङ, भारतबाट कल्पना दास र लियामु मा चीनबाट रहेकी छन्। सयुक्त आरोहण दल भोलि नै लुक्लाका लागि रामेछापबाट उड्ने कार्यतालिका रहेको छ।