मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल शनिबारदेखि शुरु हुने भएको छ। नेपालको पर्यटनलाई विकास गर्न। पर्यटकीय गतिविधि बढाउन। भिजिट नेपाललाई सघाउ पु¥याउन यस्तो फेस्टिभल आयोजना गर्न लागिएको नेपाल क्लाइम्बिङ टिमले जानकारी दिएको छ।
अफ भनिने सिजनमा पनि गतिविध बढाउन यो फेस्टिभल आयोजना गरिएको आयोजकले प्रष्ट पारेको छ।
एडभेन्चर पर्यटकीय क्षेत्रमा काम गर्ने नेपाललक्लाम्बिङ टिमले आयोजना गर्ने यो फेस्टिभल फेब्रुवरी २ देखि १० सम्म चल्ने छ। उक्त फेस्टिभलमा हिउँमा आधारित विभिन्न गतिविधि हुने आयोजकले जानकारी दिएको छ।
३२ सय मिटर उचाईमा रहेको हुम्डेमाहेको हिम झरणामा आरोहण गर्न सकिने छ। उक्त अवसरमा विभिन्न अफर दिइएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार आइस क्लाइम्बिङ कोर्स, परम्परागत आर्चरीजस्ता अफर हुने छन्। नेपालका पहाडहरुमा धेरै हिउँ भएपनि यसमा आधारित पर्यटकीय गतिविधि न्यून छन्।
“यही अभाव पूरा गर्न हामिले योफकार्यक्रम आयोजना गरेका हौ” आयोजक पासाङ नुरु शेर्पाले भने।
यसबाट मनाङकोमात्र नभएर नेपालकै प्रबर्द्धन हुने उनको विश्वास छ। पर्वतीय खेललाई विकास गर्नकै लागि संस्था खोलिएको उनले जानकारी दिए।
नेपालीलाई शुल्क २० हजार लाग्ने छ भने विदेशीलाई ४ सय डलर लाग्ने छ। यो लागतमा काठमाडौंबाट जाने, त्यहाँ खाने बस्ने सबै सुविधा पाइने छ।