इन्डाेनेसियाकाे बालीमा नेपालकाे पर्यटन प्रबर्द्धन गरिएको छ। टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको आयोजना तथा नेपालपर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा ईन्डोनेशियाको बालीमा नेपाल प्रमाेशन तथा सेल्स मिसन कार्यक्रम गरी नेपाली गन्तव्यकाे प्रबर्द्धन गरिएको हो।
बालीको होटल अनन्तारामा भएको सो कार्यक्रममा बाली पर्यटन वोर्ड, एशोसियसन अफ इन्डोनेशियन टुर्स एण्ड ट्राभल्स एजेन्ट बालीमा रहेका ३२ ट्राभल्स एजेन्टस, टुर अपरेटर सहित ६ जना ईन्डोनेशियन पत्रकार तथा नेपाल पर्यटन वोर्ड, पोखरामा रहेका टान क्षेत्रिय सघं पोखराका२१ सदस्यीय टोलीको सहभागीता रहेको थियो ।
कार्यक्रममा डेस्टिनेशन नेपाल शिर्षकमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले नेपालको पर्यटकीय सम्पदाहरुको बारेमा हिन्दु बाहुल्य बाली तथा हिन्दु बाहुल्य भएको देश नेपालका बीच अन्तर आत्मीयता र धर्मसांस्कृतिक न्यानोपनाका साथै बालीको साहसिक पर्यटन तथा नेपालका उपलब्ध साहसिक पर्यटनका बीचको सम्बन्ध तथा साझेदारीका बिषयमा प्रस्तुति दिएका थिए।
बाली पर्यटन वोर्डका सचिव लुसीयारीले नेपाल र बालीका बीचमा रहेका साँस्कृतिक आदानप्रदान, बालीपर्यटन बोर्ड र बालीपर्यटन बोर्डका बारेमा हुन सक्ने सहकार्यका बारेमा आफ्नो धारणा राखेकी थिइन्।
नेपाली टाेलीले माघ ११ गते मलेशियाको राजधानी क्वालालाम्पुरमा समेत यस्तै प्रबर्द्धनात्मक कार्यक्रम गर्ने छ।