अष्ट्रियाको राजधानी भियानामा सम्पन्न चार दिने पर्यटन मेला ‘फेरेन मेस्से विन’ मा नेपालको प्रबद्र्धन गरिएको छ। उ्रक्तमेलामा नेपाली स्टल राखी नेपाली पर्यटनको प्रबद्र्धन गरिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
फेरेन मेस्से विन अष्ट्रिया कै सबैभन्दा ठूलो पर्यटन मेला हो । सन् २०२० को नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी २० लाखको पर्यटन आगमनको लक्षलाई हाशिल गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले नयाँ बजारहरुमा मेला तथा अन्य प्रबद्र्धनात्मक अभियानहरुलाई अझ सशक्त रुपले सहभागिता गर्ने क्रममा पहिलो पटक यस मेलामा सहभागी भएको बोर्डले जानकारी दिएको छ।
अष्ट्रिया पनि हिमाली देश भएको र अष्ट्रियनहरुलाई पदयात्रा र हिमाल आरोहण लगाएतका साहशिक क्रियाकलापमा धेरै रुची भएको कारणले पनि नेपालप्रति विशेष लगाव देखिएको बोर्डले जानकारी दिएको छ।
मुख्यत नयाँ पदमार्ग, मौसम र नेपाल पुग्ने रुटका बारेमा प्रश्नहरु सोधिएको र स्टलमा सगरमाथा आरोहण गरिसकेका आरोहीहरु समेत आएर नेपालको अभियानमा साथ दिन आएका थिए ।
थियो ।