सरकारले देशभर पर्यटकीय गन्तव्य विस्तार गर्ने भन्दै चालु वर्षको बजेटबाट घोषणा गरेको एक सय गन्तव्य कार्यक्रममा गन्तव्यको सूची सार्वजनिक गरेको छ।
प्रत्येक जिल्लामा कम्तिममा एउटा गन्तव्य पर्नेगरी देशभर एक सय गन्तव्य विकास गर्ने भन्दै आएको उक्त कार्यक्रममा देशभरबाट गन्तव्यका लागि सार्वजनिक आव्हान गरिएको थियो।
उक्त आव्हानबाट छनौट भएका ति गन्तव्यलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको छ।
अहिलै रहेका गन्तव्यलाई सुदृढ गर्ने र नयाँ विकास गर्नको लागि आएको यो कार्यक्रममा स्थानीय तहले नै गन्तव्यको विकास गर्ने छन्। जसलाई त्यहाँ निर्माण गरिने पूर्वाधार तथा अन्य मापदण्डको सर्तसहित मन्त्रालयले बजेट उपलब्ध गराउने छ।
पर्यटकीय गन्तव्यमा हुनपर्ने सामन्य पूर्वाधार विकास गरेर विस्तारै विकासित गर्दै जाने योजनाअनुसार यो कार्यक्रम सुरु गरिएको मन्त्रालयकी सहसचिव निता अर्यालले जानकारी दिइन्।