भाषा कला, साहित्य, ऐतिहासिक, मनोरम दृश्य, ताल, हिमाल तथा जैविक विविधताले भरीपूर्ण छ कर्णाली प्रदेश। यसैलाई उजागर गर्न फोटोपत्रकार भरतबन्धु थापाले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा कर्णाली प्रदेशका तस्बिर प्रर्दशनीमा राखेका छन्।
सुर्खेत लाईन्स कल्ब ईन्टरनेशनल डिस्टीक ३२५ वि २ को आयोजनामा पत्रकार थापाले ९ वर्ष लगाएर खिचेका कर्णाली प्रदेशका जिल्लाहरुको तस्वीर प्रर्दशनीमा राखिएको छ। प्रर्दशनीमा प्रदेशका १० जिल्लाका विभिन्न ५५ वटा तस्विर छन्।
प्रर्दशनीमा विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती द्यो, नेपालको सबैभन्दा ठूलो ताल राराताल, नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो जुम्ला, नेपालको सबैभन्दा उचाईमा रहेको सदरमुकाम हुम्लाको सिमीकोटको खलंगा बजार, लोपोन्मुख अवस्थामा रहेको जाजरकोटको खुडा नाँच तथा राउटेका साथै पर्यटकीय स्थलहरू छन् ।
त्यसैगरी दोस्रो लुम्बिनीका रूपमा परिचिते सुर्खेतको काक्रेविहार, कर्णाली प्रदेशको शक्तिका रुपमा पूजा गरीने देउती बज्यै मन्दिरलगायत कला, संस्कृति, ताल, मन्दिरहरुका तस्वीरहरु प्रर्दशनीमा समावेश गरिएको छ।
थापाले यसअघि भक्तपुर, काठमाडौं, नेपालगन्ज, धनगढी , कास्की र सुर्खेत गरी नौ पटक प्रर्दशनी गरिसकेका छन्। थापाले पश्चिम नेपालका पर्यटकीय स्थलहरुको फोटो किताबसमेत प्रकाशनमा ल्याएका छन्।