यात्रा लिंग वा समुदायको पेवा होइन एटिच्युड हो भन्ने नारासहित सुरु भएको सोलो वमन ट्राभल च्यालेन्जको चौथो संस्करण भोलिदेखि सुरु हुने भएको छ।
नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली ट्राभलरले आयोजना गर्ने उक्त ट्राभल च्यालेन्जमा १८ वर्ष माथिका महिलालेमात्र सहभागिता जनाउने छन्।
सन् २०१५ देखि सुरु भएको यो अभियानमा हालसम्म २८ जना महिला सहभागी भइसकेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्म हुने यो यात्रा च्यालेन्जमा महिलले यात्रा अनुभव लिने छन्।
न्यूनतम १० दिनको हुने यो यात्रामा नेपाली समुदाय, संस्कृति, सौन्दर्य अवलोकनसँगै प्रबद्र्धन पनि गर्ने छन्।
चौथो संस्करणको यो यात्रामा १३ जना सहभागी हुने छन्।