कीर्तिपुर नगरपालिकाले विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ।
‘टुरिजम एण्ड डिजिटल ट्रासफर्मेशन’ भन्ने मुल नाराको साथ नगरपालिकाले विश्व पर्यटन दिवस मनाउने भएको हो।
यही असोज ११ गते मनाइने सो दिवसको अवसरमा नगरपालिकाले सम्पदा यात्रा, चित्रकलालगायतका कार्यक्रम आयोजना गर्ने भएको छ।
कीर्तिपुर प्रवेशद्वार नयाँ बजारबाट सम्पदा यात्रा सुरू गरी चिलञ्चो, बाघभैरव मन्दिर उमा महेश्वर तथा बाटोमा पर्ने सम्पदा स्थलहरू परिक्रमा गरिने छ।