पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम संगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित सेप्टेम्बर १२ देखि १४ सम्म मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१ र्औ संस्करणमा “नेपाल पेभिलियन” अन्र्तगत सहभागिता जनाएको छ ।
मलेसिया सरकारद्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१८ मा नेपालबाट अभिवादन एक्सपिडिशन होलिडेज, कम्युनिटी होमस्टे नेटवर्क, द यात्रा कोर्टयार्ड, गोइङ्ग नेपाल, कैलाश ग्रुप नेपाल, हिमालयन होलिडेज् टे«किङ्ग एण्ड टुर्स, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, सांग्रिला होटेल एण्ड रिसोर्ट, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स र अप एभरेष्ट ट्राभल्स एण्ड टुर्स गरी १० वटा निजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरुले भाग लिएका थिए।
पाटा ट्राभल मार्ट २०१८ मा विश्वभरीका ७० गन्तब्यहरुबाट कुल १४०० सहभागिहरुले सहभागिता जनाएका थिए। जसमा २०८ वटा संघ संस्था÷कम्पनिहरु तथा ३३ वटा गन्तब्यहरुबाट ३२% स्थानिय गरी कुल ३८९ विक्रेता सहभागिहरु र २४१ वटा संस्थाहरु तथा ५३ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरीएको थियो ।
पाटाले नेपाल, बंगलादेश, सिंङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेशनलहरुलाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेशनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारका सामु देखाउने अनुपम अवसर भएको बताए। सेप्टेम्बर १५ मा भएको पाटा अन्तराष्ट्रिय गन्तब्य समितिको बैठकलाई अध्यक्षता पनि जोशीले गरेका थिए। उक्त बैठकमा मास्टरकार्ड तथा गुगलको प्रस्तुति पनि थियो ।