गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) को अध्यक्षमा ध्रुब सिंम्खडा २८९ मत प्राप्तगरि विजयी भएका छन्।
अध्यक्षका अर्का प्रत्यासी बासुदेव पाण्डेलाई ४९ मतले हराउँदै सिंखडा विजयी भएका हुन्। उनका प्रतिद्वन्दी पाण्डेले २४० मत पाए।
कुल ५७६ मतदाता रहेको भिटोफ निर्वाचनमा ५२९ मत खसेको थियो।
त्यसैगरि प्रथम उपाध्यक्षमा दीपक दाहाल २८७ मत ल्याई विजयी भएका छन्। उनका प्रतिद्वन्दी कृष्ण सुवेदीले २४४ मत प्राप्त गरेका छन्।
यस्तै द्वितिय उपाध्यक्षमा ३०८ मतसहित गोपाल थापा विजयी भएका छन्। उनका प्रतिद्वनदी तारालाल धरेलले २१७ मत प्राप्त गरे।
महासचिवमा जस्फा पाण्डे ३ मतले विजयी भइन्। उनले २६६ मत ल्याउँदा उनका प्रतिद्वन्दी दीपक खनालले २६३ मत प्राप्त गरेका थिए।
त्यसैगरी सचिवमा नवराज थापा २६८ मतसहित विजयी भए। उनका प्रतिद्वन्दी आशुतोष प्रधानले २५६ मत प्राप्त गरेका छन्।
कोषाध्यक्षमा राजकुमार धमला २८६ मत सहित विजयी भएका छन्। उनका प्रतिद्वन्दी कुल प्रसाद सुवेदी (केपी)ले २३४ मत प्राप्त गरेका छन्।
सह-कोषाध्यक्षमा शकुन्तला देवकोटा सबैभन्दा धेरै ३१३ मत प्राप्त गरि विजयी भएकी छन्। उनका प्रतिद्वन्दी उमेश दनैले जम्मा १९४ मत प्राप्त गरेका छन्।
४ जना सदस्यहरुमा क्रमशः राममणी रिजाल २८९, जीवन थपलिया २८२, देवीकृष्ण रोकाया २७४ र शान्तकुमार बानियाँ २६३ मत ल्याई विजयी भए।
सिंखडा पूर्व विद्रोहि एमाले र पाण्डे पूर्व संस्थापन एमालेको तर्फबाट उम्मेद्वार थिए।
सिंखडाको प्यानलमा कांग्रेस र नयाँशक्ति निकट व्यवसायी थिए भने पाण्डेको प्यानलमा पूर्व माओवादी निकट व्यवसायी थिए। यस हिसावले हेर्दा निर्वाचनमा मिश्रीत नतिजा आएको छ।
सिंखडा प्यानलले अध्यक्ष, महासचिव र सचिवसहित २ जना सदस्यमा विजय हाँसिल गरेको छ भने पाण्डे प्यालनले दुई ओटै उपाध्यक्ष, कोषाध्यक्ष र सह कोषाध्यक्ष सहित २ जना सदस्यमा जित हात पारेको छ।
भिटोफ नेपालले गाउँ पर्यटन दिवस मनाउनुका साथै आफ्नो २२ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।
उम्मेद्वारको नाम | पद | प्राप्त मतसंख्या |
ध्रुब सिंखडा | अध्यक्ष | २८९ (विजयी) |
बासुदेव पाण्डे | अध्यक्ष | २४० |
दिपक दाहाल | प्रथम उपाध्यक्ष | २८७ (विजयी) |
कृष्ण सुवेदी | प्रथम उपाध्यक्ष | २४४ |
गोपाल थापा | द्दितिय उपाध्यक्ष | ३०८ (विजयी) |
तारालाल धरेल | द्दितिय उपाध्यक्ष | २१७ |
दिपक खनाल | महासचिव | २६३ |
जस्फा पाण्डे | महासचिव | २६६ (विजयी) |
आशुतोष प्रधान | सचिव | २५६ |
नवराज थापा | सचिव | २६८ (विजयी) |
राजकुमार धमला | कोषाध्यक्ष | २८६ (विजयी) |
कुल प्रसाद सुवेदी (केपी) | कोषाध्यक्ष | २३४ |
सकुन्तला देवकोटा | सह-कोषाध्यक्ष | ३१३ (विजयी) |
उमेश दनै | सह-कोषाध्यक्ष | १९४ |
राममणी रिजाल | सदस्य | २८९ (विजयी) |
जीवन थपलिया | सदस्य | २८२ (विजयी) |
देवीकृष्ण रोकाया | सदस्य | २७४ (विजयी) |
शान्तकुमार बानियाँ | सदस्य | २६३ (विजयी) |
केदारमणी खनाल | सदस्य | २५७ |
सन्तोष थापामगर | सदस्य | २२३ |
चोपेन्द्र बहादुर खड्का | सदस्य | १९० |
दिपक पंगेनी | सदस्य | १९८ |