सन् २०१८ को पहिलो पाँच महिनामा साढे चार लाख पर्यटक नेपाल भित्रिएका छन्।अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीदेखि मेसम्म ४ लाख ५४ हजार विदेशीहरुले नेपालको यात्रा गरेका छन्।
पछिल्लो महिना भारतीय पर्यटकहरु अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेका छन् भने चिनियाँ पर्यटक २५ प्रतिशतले।
दक्षिण एसिया र एसिया क्षेत्रबाछ नेपाल आउने पर्यटकको संख्या बढेपनि पछिल्लो समय युरोपीयनहरु भने घट्दै गएका छन्। विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष १८ प्रतिशतले घटेको छ।
पर्यटन क्षेत्रले विश्व कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत ओगट्छ। नेपालको राष्ट्रिय लेखामानमा होटल तथा रेष्ट्ुरेन्टको नाममा रहने यसको योगदान २ प्रतिशत रहेको छ। विश्वमा १० जना रोजगारमध्ये १ एकजना पर्यटन क्षेत्रमा रहेको पाइएको छ।