हङकङमा सम्पन्न भएको ३२ औं अन्तराष्ट्रिय पर्यटन मेला तथा १३ औं माइस पर्यटन मेला २०१८ मा नेपाल पर्यटन बोर्ड तथा नेपाल वायूसेवा निगम र अन्य ४ वटा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको सहभागितामा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको छ।
हङकङमा आयोजना हुने एकमात्र यो पर्यटन मेलालाई विशेष महत्वका साथ हेरिन्छ । त्यहाँका स्थानीयले आफ्नो यात्रा गन्तव्य छान्ने पर्वका रुपमा लिने यस मेलामार्फत नेपालले सन् २०२० मा मनाउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धन गरेको छ।
नेपाल वायूसेवाले प्रबद्र्धनात्मक हवाइ भाडा तथा सहभागी पर्यटन व्यवसायीहरुद्धारा विशेष भ्रमण प्याकेजहरु दिई त्यहाँका व्यवसायीहरु तथा सम्भावित भ्रमणकर्ताहरुलाई नेपाली स्टलमा आकर्षित गरेको पर्यटन बोर्डका निर्देशक मनी लामिछानेले जानकारी दिए।
नेपाल पर्यटन बोर्डले बुद्धको मूर्ति, नेपाली टोपी, आँखीझ्याल जस्ता संग्रह सामाग्री तथा सगरमाथा, लुम्बिनी, पोखराका पोष्टर निःशुल्क वितरण गरेको थियो ।
५५ भन्दा बढी देशका ६७० प्रदर्शनकर्ताहरुल सहभागीता जनाएको यस मेलामा ९० हजार बढीले अवलोकन गरेका थिए।
कार्यक्रमा सहभागी पत्रकारहरुसँग बोल्दै नेपाली प्रतिनिधीमण्डलका नेता, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालले सन २०२० मा २० लाख पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्य राखेको र हाल हङ्गकङ्ग, चीन लगायतबाट भैरहेको आगमनमा दोब्बर बृद्धि गर्ने योजना रहेको बताउदै नेपालले विभिन्न पर्यटकीय पूर्वाधारहरुको निमाण ÷विकास गरीरहेको बताए।