वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित घोषणा भएको भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरिएको छ। संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रीको संयोजकत्वमा रहेको अभियान मूल समारोह समितिले लोगो छनौट गरेको हो।
खुल्ला प्रतिस्पर्धाबाट छानिएका लोगोहरुबीचबाट उक्त समितिको आज बसेको बैठकले लोगो छनौट गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
सन् २०२० मा भिजिट नेपाल अभियान संचलान गर्न यसअघि नै मन्त्रालयले तयारी सुरु गरिसकेको छ।
गएको वर्ष करिब १० लाख पर्यटक नेपाल आएकोमा यो वर्ष १२ लाख पर्यटक ल्याउने अर्को वर्ष १६ र २०२० मा २० लाख ल्याउने सरकारको लक्ष्य रहेको छ।
मन्त्रीको संयोजकत्वमा बनेको मल आयोजक समिति मातहातमा अन्य कार्यमुलक समितिहरु बन्ने र तिनले आवस्यक अन्य काम गर्ने छन्।
पूर्वाधार निर्माण, प्रचारप्रसार र नीतिगत सुधारका कामममा सरकारले चरबद्ध गर्दै जाने बताएको छ।