काठमाडौंमा आयोजना भएको दोस्रो हिमालयण ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ। संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरद्वारा सयुक्तरुपमा आयोजना भएको उक्त मार्ट आज सम्पन्न भएको हो।
२६ देशहरुवाट ५९ बायर्स र नेपाल भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र यु ए इ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । यस कार्यक्रमले नेपाल लगायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरेको थियो ।
अन्तराष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन पनि भएको उक्त मार्टमा १८ देशका ४३ जना ब्लगरको सहभागिता थियो । ब्लगर्सहरुले नेपाललगायत विश्वका अनेक ठाउँहरुमा पर्यटन सम्बन्धि समस्या र समाधान विषयमा आफ्ना बिचारहरु ब्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामुहिक प्रयासमा जोड दिए।
चीन लगानी मञ्चका अध्यक्ष डा. मार्कोस लि ले चीनको पर्यटन बजारवाट कसरी नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो प्रस्तुती दिएका थिए भने भारतीय चलचित्र उद्योगका निर्देशक मधुर भन्डारकरले पर्यटनले चलचित्रवाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्ना विचार व्यक्त गरेका थिए।
यस्ता कार्यक्रमबाट विश्व समुदायमा नेपाली पर्यटन बजारको प्रबद्र्धन हुने पाटा नोपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यको विचार छ। अघिल्लो वर्ष आयोजना भएको यस्तै मार्टको परिणाम स्वरुप अन्तर्राष्ट्रिय बजारमा नेपालको भिजिविलिटी बढेको उनले बताए।