दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता कायमै राखेका छन्। यहाँ कडा प्रतिष्पर्धा देखिएको छ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार गिरीले ३६९० मत पाउँदा नेकपा एमालेका टिकाराम खड्काले ३६५७ मत पाएका छन्।
कांग्रेस उम्मेदवार गिरी एमाले उम्मेदवार खड्का भन्दा ३३ मतान्तरले अगाडि छन्।
यहाँ एमालेकी उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले भने आफ्ना प्रतिष्पर्धीसँग मतान्तर बढाउँदै लगेकी छिन्। चौधरीले ३५३८ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगरले २९७५ मत प्राप्त गरेका छन्। चौधरी र मगर बीचको मतान्तर ५६३ छ।
तुलसीपुरमा सत्ता गठबन्धन र एमालेका बीचमा मुख्य प्रतिपर्धा भइरहेको छ।
१९ वडाहरु रहेको तुलसीपुरमा वडा नं. १ र २ को गणना सकिएको छ। वडा नं. १ मा सत्ता गठबन्धन र २ मा एक्ला एक्लै भिडे पनि एमालेले जितेको छ।
अहिले वडा नं. ४ र ५ को मतगणना जारी छ।