सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवको जित निश्चित भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरी उनी विजयी हुन लागेका हुन्।
यस क्षेत्रमा जम्मा ७२ हजार ३६ मत खसेको थियो। जसमध्ये ७१ हजार १४७ मत गणना भैसकेको छ। जसमा रायले २२ हजार ६ सय ४१ मत ल्याउँदा महतोले २० हजार १ सय ६२ मत पाएका छन्।
नेकपा एमालेका राजनरायण साहले १४ हजार ३ सय ८३ मत ल्याए।
अब ८ सय ८९ मत मात्र गन्न बाँकी छ।
ती सबै मत महतोलाई गए पनि उनको जित असम्भव छ।