सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को जारी मतगणनामा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसयैतबीच कडा टक्कर भइरहेको छ।
पछिल्लो मत परिणामअनुसार कार्की झिनो मतले अघि छन्।
कार्कीले २३ हजार १९४ मत पाएका छन् भने कुसियैतले २३ हजार १७१ मत पाएका छन्। उनीहरूबीच २३ मतको अन्तर छ।