नेकपा (माओवादी केन्द्र) जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर नेकपा तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको छ।
६९ लाख ६० हजार ७८० मत गणना हुँदा माओवादीले रास्वपासँगको मतान्तर १८ हजार नघाएको छ।
अहिले रास्वपाले ७ लाख ९५ हजार ८५८ अर्थात् ११.४३ प्रतिशत मत पाएको छ भने माओवादी केन्द्रले ८ लाख १४ हजार ३३४ अर्थात् ११.७० प्रतिशत मत पाएको छ।
समानुपातिकतर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो। पछिल्लो समय देशैभरिको मतगणना भइरहेकाले माओवादीले आफ्नो मत बढाएको हो।
नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ। दिउँसो २ बजेसम्म् एमालेले १९ लाख मत कटाउँदा नेपाली कांग्रेसले १८ लाख कटाएको छ।