रामेछाप प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले अग्रता कायम राखेका छन्।
उनले आफ्ना निकटम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेलसँग मतान्तर फराकिलो बनाएका छन्।
उनीभन्दा ९ हजार ५५ मतले कांग्रेसका तामाङ अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार तामाङले ३३ हजार २४७ मत पाएका छन्।
यता नेकपा एमालेका ढुंगेलले २४ हजार १९२ मत पाएका छन्। यसअघि उनीहरूबीच साढे ८ हजार बढी मतको अन्तर थियो।