रूपन्देहीको प्रदेश सभा क्षेत्र ३ (ख) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतले पछि पारेका हुन्।
मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाका अनुसार एमालेका उम्मेदवार चौधरीले १६ हजार ३ सय ९४ मत ल्याएका छन्। कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन्।