राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावमा आफ्नो झन्डै १२ लाख रुपैयाँ खर्च भएको बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ भएको जानकारी दिएका छन्। उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीको हिसाब यसमा नजोडेको पनि उल्लेख गरेका छन्।
लामिछाने चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।