सुनसरी-३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिएकी छिन्। उनले १६ हजार ५ मत प्राप्त गरेकी छिन्।
नेपाली कांग्रेस विजय गच्छदारले ११ हजार ६९५ मत ल्याएका छन्। उनीहरूबीच ४ हजार ३१० मतान्तर रहेको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ५ हजार २८६ मतसहित तेस्रो स्थानमा छन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गच्छदार विजयी भएका थिए। उनले एमालेकै भगवतीलाई हराएका थिए।