मंसिर ४ गते भएको तिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नजिता आउने क्रम जारी छ।
निर्वाचन आयोगका अनुसार शनिबार बिहान साढे बजेसम्म सार्वजनिक अन्तिम मतपरिणामअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म प्रत्यक्षतर्फ कांग्रेसले ५० र एमालेले ३८ सिट जितेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। बिहान साढे १० बजेसम्म एमालेले सबैभन्दा बढी १८ लाख मत कटाएको छ।
कांग्रेसले १७ लाख ४४ हजार मत कटाएको छ।
यस्तै प्रत्यक्षतर्फ १६ सिट जितेर तेस्रो भएको नेकपा माओवादी केन्द्र समानुपातिकमा चौथो स्थानमा छ। यस्तै प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ ३ प्रतिशत मत पुर्याउन सकेको छैन।
प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा छ।