एमाले नेता भानुभक्त ढकाललाई २२ हजारभन्दा बढीको मतान्तरले पराजित गर्दै मोरङ ३ बाट कांग्रेस उम्मेद्वार सुनिल शर्मा निर्वाचित भएका छन्।
२२ हजार ७ सय ३६ मत अन्तरले शर्माले ढकाललाई पराजित गरेका छन्।
अन्तिम परिणाम अनुसार शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । राप्रपाकी रेखा थापाले १० हजार ९८८ मत प्राप्त गरेकी छन्।
यस्तै प्रदेश तर्फ ३ को १ मा काँग्रेसका मान बहादुर लिम्बु निर्वाचित भएका छन्। उनले १९ हजार ७४९ मत पाउँदा एमालेका दिलीप राई १४ हजार ८ सय १७ मतमा खुम्चिए।
मोरङ ३ को २ मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन्। उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन्। सुवेदीले १७ हजार ७ सय २८ मत पाउँदा श्रेष्ठले १५ हजार ३सय ५८ मत प्राप्त गरेका छन्।