नुवाकोटको निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।
सत्ता गठबन्धनको साझा उम्मेदवार केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत ल्याए। यस्तै नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका छन्।
यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।