रूपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भएका छन्।
विश्वकर्मा रूपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा दोश्रो पटक निर्वाचित भएका हुन्।
विश्वकर्माले २४८७२ मत प्राप्त गर्दा सत्ता गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१३०८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेबाट अन्तिम समयमा आएर टिकट नपाएपछि भूसाल क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार (घन्टी) ले १४१३८ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी (ढकिया) ले १३९४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले जानकारी दिए।
यसैगरी जनमत पार्टीका उम्मेदवार (लाउड स्पिकर) ले ५१६६, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं (चापाकल) ले ३४८८, स्वतन्त्र उम्मेदवार (महिला) ले १७१२, राष्ट्रि जनमुक्ति पार्टीका उम्मेदवार दलबहादुर थापा (घर) ले १३९५, हाम्रो नेपाली पार्टीका उम्मेदवार विशाल वास्कोटा (लौरो) ले १०९५ मत प्राप्त गरेका छन्।