२०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जितेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले जित्ने निश्चित भएको छ।
यो क्षेत्रबाट खसेको ९४ हजार २ सय ३८ मध्ये ९० हजार ७ सय १४ मत गणना हुँदा पाण्डेले निकट प्रतिद्वन्द्वीको भन्दा ९ हजार २ सय ८७ भोट बढी ल्याएका छन्।
पाण्डेले ३३ हजार ७ सय ३७ भोट ल्याउँदा निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीले २४ हजार ४ सय ५० मत ल्याएका छन्। गन्न बाँकी मतभन्दा पाण्डेको अग्रता बढी भएसँगै उनी विजयी हुने निश्चित भएको छ।
यस क्षेत्रअन्तर्गत प्रदेश सभा ३ (क) बाट राप्रपाकै गरिबहादुर तामाङ विजयी भइसकेका छन्। प्रदेश सभा ३ (ख) मा राप्रपाकी रिना गुरुङ र माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालबीच प्रतिस्पर्धा भइरहेको छ।