सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
हालसम्मको मतगणनामा उनले १७१७६ मत पाएका छन्।
निवर्तमान सांसद समेत रहेका उनी नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले १५४१६ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका राज नारायण साह भने १२०३४ मतसहित तेस्रो स्थानमा छन्।