कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई साढे तीन हजारभन्दा बढीको मतान्तरले हराएका हुन्।
पछिल्लो मत परिणामअनुसार एमालेका गुप्ताले २२ हजार ६ सय १९ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका छन्। उनीहरूबीचकाो मतान्तर ३ हजार ६ सय ३७ छ।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा एमालेको यो दोस्रो जित हो। यसअघि क्षेत्र नम्बर १ मा बलराम अधिकारी विजयी भइसकेका छन्।