इलाम क्षेत्र नम्बर-१ मा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका झलनाथ खनाल २२ सय बढी मतले पछि परेका छन्।
ताजा मतपरिणाम अनुसार खनाल नेकपा एमालेका महेश बस्नेतभन्दा २ हजार २१८ मतले पछि छन्।
एमालेका बस्नेतको १५ हजार १६३ मत रहेको छ भने खनालले १२ हजार ९४५ मत प्राप्त गरेका छन्।
यसअघिको निर्वाचनमा यो क्षेत्रबाट खनाल विजयी भएका थिए। तर त्यो बेला उनी एमाले र माओवादी एकताबाट गठित नेकपामा थिए।