मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ।
निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म गणना भएको ४८ लाख ६१ हजार ९१ मतमा ८ दलले मात्र २ प्रतिशत मत कटाएका छन्।
सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेले १३ लाख २४ हजार ३५५ मत पाउँदा नेपाली कांग्रेसले १२ लाख ५० हजार ७५६ मत पाएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ८ हजार ४४६ मतसहित तेस्रो स्थानमा छ।
चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। छैठौंमा जसपा र सातौमा नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन्।
एकीकृत समाजवादी पार्टीले पनि पछिल्लो समय १ लाख मत कटाएको छ।