मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको जित सुनिश्चित भएको छ।
ताजा मतपरिणाम अनुसार शर्मा नेकपा एमालेका भानुभक्त ढकालभन्दा २१ हजार बढी मतले अघि छन्। जबकी अब गणना हुन बाँकी मत जम्मा ३ हजार ४३४ रहेको छ।
शर्माले ४६ हजार ९३६ मत ल्याउँदा एमालेका ढकालले २५ हजार ७४ मत प्राप्त गरेका छन्।
यस्तै राप्रपाकी रेखा थापाले १० हजार ७१० मत ल्याएकी छन्।
यसअघिको निर्वाचनमा भने यो क्षेत्रबाट एमालेका ढकाल विजयी भएका थिए। त्यो बेला उनले अहिले जित सुनिश्चित भएका कांग्रेसका शर्मालाई नै हराएका थिए।