मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ।
निर्वाचन आयोगका अनुसार दिउँसो ४ बजेसम्म गणना भएको ४६ लाख ९ हजार ३८ मतमा ७ दलले मात्र २ प्रतिशत मत कटाएका छन्।
सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेले १२ लाख ७७ हजार ६१३ मत पाउँदा नेपाली कांग्रेसले १२ लाख ९ हजार ६७ मत पाएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच लाख ९२ हजार ९२६ मतसहित तेस्रो स्थानमा छ।
चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। छैठौंमा जसपा र सातौमा नेकपा एकीकृत समाजावदी पार्टी रहेका छन्।