नेकपा एमालेले पाल्पाका दुवै प्रतिनिधि सभा क्षेत्र जितेको छ।
पाल्पा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भए। उनले ३१ हजार एक सय ३ मत ल्याएका छन्। यहाँ उनले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई पराजित गरे। गाहाले २० हजार दुई सय ५६ मत ल्याएका छन्।
यस्तै पाल्पा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई हराएका हुन्।
गैरे २७ हजार ८ सय १७ मतसहित विजयी भए भने पाण्डेयले जम्मा २३ हजार ८ सय ५१ मत मात्रै ल्याएका छन्। गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका छन्।
गैरे अनेरास्ववियूका पूर्वअध्यक्ष समेत हुन्। यहाँ ६४ हजार २ सय ३ मत खसेको थियो।
पाण्डेय नेकपा एमालेमा हुँदा यो क्षेत्रबाट प्राय: चुनाव जितिरहेका थिए। उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएका थिए।
पाल्पाका दुई प्रदेश सभा क्षेत्र एमालेले, एक क्षेत्र नेपाली कांग्रेसले र एक क्षेत्र नेकपा माओवादी केन्द्रले जितेको छ।