लोकतान्त्रिक समाजवादी पार्टीले तेस्रो जित निकालेको छ।
महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी १४ हजार बढी मत अन्तरले विजयी भएका हुन्।
भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहले ११ हजार १२० मत ल्याए।
सत्ता गठबन्धनका साझा उम्मेद्वार उनले १४ हजार ७० मतान्तरले सिंहलाई हराए।
यहाँ नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत पाएका छन्।
यहाँ १७ जनाले उम्मेदवारी दिएका थिए।