कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन्।
यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गरेका हुन्।
यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो।