सिरहा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार गुप्ता निर्वाचित भएका छन्।
उनले १६ हजार दुई सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) पार्टीका अशोककुमार यादवले १३ हजार दुई सय ३३ मत प्राप्त गरे।
त्यसैगरी जनमत पार्टीका शम्भुप्रसाद साहले पाँच हजार पाँच सय २७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि बस्यालले जानकारी दिए।
सिरहा–४ (२) मा यादव
सिरहा क्षेत्र नं ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन्।
यादवले नौ हजार सात सय ६३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका सुरेशकुमार मण्डलले नौ हजार तीन सय ९८ मत प्राप्त गरे।