मोरङ ६ को प्रदेश सभा २ बाट नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।
नेकपा एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई पराजित गर्दै कार्की दोस्रो कार्यकालका लागि प्रदेश सभामा चुनिएका हुन्।
प्रदेश १ का आन्तरिक मामिला मन्त्रीसमेत रहेका कार्कीले १०४४८ मत पाएका छन।
एमालेका बस्नेतले ९२६८ मत पाएका छन्। मतपरिणामको आधिकारिक घोषणा हुन बाँकी छ।