धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाए।
जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गरेका थिए।
यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत भएका थिए।