कैलाली ५ को प्रदेश सभा १ मा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन्।
उनले मुख्य प्रतिस्पर्धी निवर्तमान प्रदेश सभा सदस्य समेत रहका एमालेका उम्मेदवार नेपालु चौधरीलाई पराजित गरेका हुन्।
धामीले चौधरीभन्दा १६५ मत बढी प्राप्त गरेर जितेका हुन्।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार रमेश धामीले ९ हजार ३ सय ८७ मत प्राप्त गरे। चौधरीले ९ हजार २ सय ६२ मत प्राप्त गरे।