अछाम २ को प्रदेशसभा (२) मा कांग्रेसका मानबहादुर रावल निर्वाचित भएका छन्।
गठबन्धनका साझा उम्मेदवार रहेका रावल ११ हजार २१६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६६४ मत प्राप्त गरे।
राप्रपाका उम्मेदवार दीपक विष्टले २०३ र स्वतन्त्र उम्मेदवार नृप विष्टले १९६ मत प्राप्त गरे।