प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले अग्रता कायमै गरेका छन्।
दिपक बोहराले २७ हजार १ सय ४२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २६ हजार ५ सय ६५ मत ल्याएका छन्।
उनीहरूबीच ५७७ मतान्तर छ।
बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।