जनता समाजवादी पार्टी(जसपा) बाट वीरेन्द्र महतो र नेकपा एमालेबाट जुली महतोले निर्वाचन जितेसँगै दाजुबहिनी सँगै सांसद बन्ने भएका छन्।
वीरेन्द्र महतोले जसपा-एमाले गठबन्धनबाट सिराहा क्षेत्र नं ४ बाट निर्वाचन जितेका छन्। त्यस्तै जुली महतोले धनुषा ३ बाट एमाले-जसपा गठबन्धनबाट चुनाव जितेकी छन्।
दाजु जसपा र बहिनी एमालेमा आवद्ध रहे पनि यसपटक दुबैको एउटै गठबन्धन थियो।
यसअघि दुवै जना एकपटक संसदमा पुगेका थिएनन्। यी दुईको अर्को संयोग पनि छ, दुबैले पहिलो पटक प्रत्यक्ष निर्वाचन जितेका हुन्।
एमालेकी जुली महतो २०६४ र २०७४ मा समानुपातिक सांसद बनेकी थिइन्। उनले २०७०मा भने निर्वाचन हारेकी थिइन्। जसपाका वीरेन्द्र महतो २०७० मा समानुपातिक सांसद बनेका थिए।