तेह्रथुममा नेकपा एमालेका विजय सुब्बाले फेरि अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसकी सीता गुरूङले अग्रता लिएको अवस्थामा अहिले सुब्बाले अग्रता लिएका हुन्।
पछिल्लो मतपरिणामअनुसार एमालेका सुब्बाको १० हजार ६६३ मत रहेको छ भने कांग्रेसकी गुरूङको १० हजार १२४ मत रहेको छ।
तेह्रथुममा यी दुई जनाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।