रूपन्देही १ मा एमाले नेता छविलाल विश्वकर्मा र एमालेकै पूर्व नेता घनश्याम भूषालबीचको मतान्तर बढी रहेको छ।
पछिल्लो मत परणाम अनुसार विश्वकर्माले घनश्यामलाई निरन्तर अग्रता दिएका छन्।
उनले २ हजार ६४४ मतका साथ अग्रता दिइइरहेका छन्। ६३ हजार १०८ मत गणना गर्दा विश्वकर्माले १५ हजार १९८ मत ल्याएका छन्।
भुसालले भने १२ हजार ५५३ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्। संसदीय चुनावमा प्रतिनिधिसभा सदस्यका लागि टिकट नपाएपछि उनले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्ता गठबन्धनले सघाएको थियो।
यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ८ हजार ५१२ मत ल्याएका छन्।